images
images
  • कबीर सिंहको फिल्ममा, अब नेपालि अभिनेता विपिन कार्की

    काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।

    विपिनको २८ दिने छायांकन सेड्युल रहेको छ । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् ।

    ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताए ।

    ‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु । मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images