images
images
  • एनआरएन र गण्डकीको खेलमा म्याच कमिस्नर नै अनुपस्थित

    पोखरा लामाचौर स्थित गोस्ते खेल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले ७ खेलाडी नै मैदानमा उत्रिन तयार थियो । तर गण्डकीका खेलाडीले खेल्न नमानेपछि खेल रद्द गर्नु परेको थियो ।

    रद्द भएको खेलको निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकीलाई ३ अंक दियो । गण्डकी ३ अंक पाउँदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

    आइतबार लामाचौरमा तालिका अनुसार मध्यान्ह १२:३० बजे खेल थियो । रेफ्री, गण्डकीका खेलाडी, स्थानीय आयोजक सुरक्षा व्यवस्था सबै भएपनि खेलमा म्याच कमिस्नर अनुपस्थित थिए । मैदानमा सहभागि एक खेलकर्मीका अनुसार म्याच कमिस्नर कृष्ण थापा विवादित खेलमा उपस्थिति हुनुपर्ने भएपनि उनी नआएको सुनाए ।

    ‘म्याच कमिस्नर विना त फुटबलको परिकल्पना पनि हुँदैन । यो सामान्य खेल होइन् राष्ट्रिय स्तरको खेल हो । यो खेलमा ख्याल ठट्टा चल्दैन्,’ उनले भने,‘यहाँ त म्याच कमिस्नर पनि भत्ता पचाउनका लागि मात्रै देखियो ।

    त्यसै त विवादित खेल छ अनि म्याच कमिस्नर पनि छैन् यस्तो कँहि पनि देखिन् ।’गण्डकी र एनआरएनको खेलमा पनि म्याच कमिस्नर हुनुपर्थ्यो । त्यहाँ सबै निर्णय लिने भनेकै कमिस्नरले हो,’ उनले भने,‘हरेक निर्णय लिने अधिकार भनेकै म्याच कमिस्नरले हो ।’

    आधुनिक फुटबलमा कमिस्नरको जिम्मेवारी निकै महत्त्वपूर्ण रहेको उनले सुनाए । ‘आधुनिक फुटबलमा जुन खेल हुन लागेको हो त्यो खेलमा कमिस्नर हुनैपर्छ । सम्पूर्ण खेल खेलाउने, एम्बुलेन्सदेखि मैदानको स्तर हेर्ने सबै काम उसैको हुन्छ । आयोजकको तर्फबाट सम्पूर्ण उत्तरदायित्व उनकै हुन्छ । रेफ्री नियुक्त गर्नेदेखी सुरक्षाको सबै पाटो हेर्ने काम हुन्छ,’ उनले भने ।

    एनआरएन टिमका प्रतिनिधि धरमराज गिरीले आफुहरुलाई राखेपको निर्णय स्विकार्य नभएको बताए । उनले एनआरएनको विधान र खेलकुद फरक पाटो रहेको बताए । एनआरएनको सदस्यता प्राप्त गर्नका लागि १८० दिन पुगेको हुनुपर्ने प्रावधान रहेपनि एनआरएनले करारमा खेलाडी राख्नका लागि १८० दिन पुग्नुपर्ने प्रावधान नरहेको उनले बताए ।

    ‘राखेपले गरेको निर्णय हामी मान्दैनौं । पहिलो कुरा विधि विधानमा नेपालभित्रका खेलाडी खेल्न पाउँदैन भन्ने हुनुपर्छ त्यो छैन् । यो राष्ट्रिय स्तरको छनोट हो नेपाली खेलाडीले खेल्न नपाउने भन्ने हुन्छ रु,’उनले आइतबार आफ्नो टिमको ८ खेलाडीलाई कारवाहि गरेपछि सात जना खेलाडी नै मैदानमा उतार्न तयार रहेपनि रेफ्रीले नमानेको बताए ।

    राखेपले एनआरएनलाई विभागिय क्लब मानिरहँदा आफुहरुले करारमा खेलाडी राख्न पाउनुपर्ने उनको माग छ । गण्डकीमा आयोजना भएको खेलमा एनआरएनको खेलाडी हटाउन खेलकुद मन्त्री समेत हात रहेको उनको आरोप छ ।

    आफुहरुले विदेशी नखेलाइ नेपाली खेलाडीनै खेलाएको बताउँदै उनले प्रदेश १ ले जातीय भेदभाव गरेको भन्दै गम्भिर आरोप समेत लगाए । राखेपले सुरुमा खेल्न दिनु भनेर पत्राचार गरेको र राखेपले नै कारवाहि गर्नु राखेपको लाचारीपना रहेको उनको भनाइ छ ।

    ‘राखेपले ८ जना खेलाडी नखेल्ने र बाँकी ७ जना खेल्ने भनियो । मैले एन्फालाई सोध्दा ७ जना र ११ जना खेलाम न त भन्दा हुँदैन रेरु’ उनले भने, ‘म सात जना खेलाउन तयार थिए । त्यो खेलाउन रेफ्री नमान्दा म सबै खेलाडी हाल्न बाध्य भएँ ।’

    राखेप निर्णयमा चुकेको उनको भनाइ छ । विभागियको विल्ला भिराएर करारमा खेलाडी राख्न नपाएको उनले सुनाए । एक फिफा रेफ्रीका अनुसार ७ जना खेलाडी भएपनि खेल खेल्न पाउँछन् । तर एनआरएनए र गण्डकीबीचको खेलमा भने उक्त खेलका रेफ्रीले खेलाउन मानेनन् ।

    विवादित खेलमा फुटबल खेल संयोजक एन्फाका उपाध्यक्ष दावा लामा, सदस्य कास्की जिल्ला फुटबल संघ अध्यक्ष उज्वल रंजित र गोर्खा जिल्ला फुटबल संघका अध्यक्ष विशाल गुरुङ समेत उपस्थित नरहेको एक पदाधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images