काठमाडौं ब्याजदरको वृद्धिदर घटाउन नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकलाई दबाब दिएको छ ।
व्यवसायीहरु सडकमा उत्रिएपछि नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्र बैंक पुगेको हो । व्यवसायीहरुको माग सम्बोधन गरिदिन महासंघका अध्यक्ष सोमबार राष्ट्र बैंक पुगेका हुन् ।
ब्याजदर वृद्धिको विरोधमा सुर्खेतलगायतका जिल्लाहरुका व्यवसायी आन्दोलित बनेपछि महासंघले राष्ट्र बैंक गुहारेको हो । महासंघले वित्तीय क्षेत्रका समस्या यथाशीघ्र समाधान गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ ।
महासंघका अध्यक्ष गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो । भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरि समाधानका उपाय खोजिने बताए ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















