images
images
  • एसडी योगी र सुवानी मोक्तानले ल्याए ‘धागो-सम्बन्धको’ ( भिडियोसहित)

    आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ।आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।

    दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ।दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ।

    गीतको भिडिओमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ।नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन्। सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्।यसअघि आर्टमाण्डुले ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको छ।

    लामाे समयदेखी काेरियामा कर्म थलाे बनाएर काम गर्दै आएकी समाजसेवी संगीता कार्कीले सत्य घटनामा आधारित गीत निर्माण गरेकी हुन्। आफू जन्मेको र हुर्केको ठाउँ अनि भन्ज्याङ, चौतारीका साथै आफ्नो अतीतका तितामीठा पलको वास्तविकतालाई उनले गीतमा उतार्न खोजेकी छिन् । कार्कीको आफ्नै जीवनमा घटेको सत्य घटनामा बनेको यस गीतलाई उनैले निर्माण गरेकी हुन् । संगीताको याे पवित्र कार्यमा विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्वता रहेको छ ।

    उनले निर्माण गरेको गीत “धागो सम्बन्धको” हो । पर्वत मल्लाज घर भई अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहेकी कार्की र आर्टमाण्टुको प्रस्तुतिमा बनेको यस म्युजिकल भिडियोले नेपालको वास्तविक कला, संस्कृति, चाडपर्वका साथै यथार्थ कथा र सम्बन्धहरूलाई एउटा धागामा उनेको छ । विश्व खवर मिडिया प्रा. लिकाे निर्देशककाे रुपमा समेत कार्यरत छिन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images