images
images
  • शाखारहित सेवा केन्द्रबाट पीडित निक्षेपकताई प्रहरीमा उजुरी गर्न माछापुच्छ्रे बैंकको आग्रह

    माछापुच्छ्रे बैंकले रुपन्देहीका दुई शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिविरुद्ध प्रहरीमा उजुरी दिएको बताएको छ । साथै त्यसका पीडित ग्राहकलाई पनि सम्बन्धी प्रहरी कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।

    बैंकले ३० असोज आइतबार एक सूचना प्रकाशित गर्दै समरीमाई गाउँपालिका–५ स्थित रोइनिहवा र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानामा सञ्चालित शाखारहित ग्राहक सेवा केन्द्रका व्यावसायिक प्रतिनिधिले सर्वसाधारणबाट निक्षेप लिएर हिनामिना गरेपछि प्रहरीमा उजुरी गरेको बताएको छ ।

    बैंकका व्यावसायिक प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैंले खाए मासेको लिखित रुपमा नै स्वीकार गरिसकेकोले उक्त कार्यबाट पीडित भएकाहरुलाई बैंकले सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

    ‘व्यावसायिक प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने र सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानुनी प्रक्रिया सुरु भइसकेको छ । उक्त कार्यबाट पीडित हुनु भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागी हुन समेत अवगत गराउँदछौं’ बैंकले भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images