images
images
  • बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश बाँड्ने

    काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैंठकले सेयरधनीलाई २०:९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत गरी १४:९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी वापतको मुद्दा जितेर रकम प्राप्त गरेको बैंकले उक्त रकम पनि लाभांशको रुपमा वितरण गरेको छ । जसले गर्दा बैंकको अपरिष्कृत वित्तीय विवरण भन्दा लाभांश बढी प्रस्ताव भएको हो ।

    ग्लोबल आईएमई बैंकसँग मर्जर प्रक्रियामा रहेको बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images