काठमाडौं-सिटिजन्स बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८|७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको असोज ६ गते बिहीबार बसेको ४०३ औँ सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि दिने बैंकले जनाएको छ ।
बैंकले गत आव २०७८|७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सिटिजन्स बैंकको नाफा बढ्यो
सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
बैंकको प्रति सेयर आम्दानी (ईपीएस) पनि १ रुपैयाँ ५० पैसाले बढेर १५.३८ रुपैयाँ पुगेको छ । पीई रेसियो १४.५५ बाट २५.१ पुगेको छ भने नेटवर्थ पस सेयर १४८.४९ पुगेको छ । बैंकको निस्कृय कर्जा भने बढेको छ । समीक्षा अवधिमा निस्कृय कजौ अनुपात बढेर २.७७ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको निक्षेप ५८.९२ प्रतिशतले बढेको छ भने कजौ ५०.१३ प्रतिशतले बढेको छ ।


विश्व खबर 



















