images
images
  • इङ्ग्ल्याण्ड इटलीसँग पराजित, हंगेरीले जर्मनीलाई हरायो

    काठमाडौं- यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न सी को खेलमा इटलीले इङ्ग्ल्याण्डलाई हराएको छ। इटलीको मिलानस्थित सन सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली इटलीले इङग्ल्याण्डलाई १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६८ औं मिनेटमा इटलीका लागि जिआकोमो रसपडोरीले निर्णायक गोल गरे।

    त्यस्तै गएराति नै सम्पन्न समूह ‘सी’कै अर्को खेलमा हंगेरीले जर्मनीलाई हरायो। रेडबुल एरेना लाइपजिगमा सम्पन्न खेलमा हंगरीले घरेलु टोलीमाथि १(० को संघर्षपूर्ण जित निकालेको हो। हंगेरीको जितमा एडम एसजलाइले निर्णायक गोल गरे। योसँगै सन् २००४ पछि हंगरीले पहिलो पटक जर्मनीलाई हराएको हो।

    योसँगै समूह ुसीु बाट पाँच चरणको खेलसकिँदा १० अंक जोडेको हंगेरी शीर्षस्थानमा, ८ अंक जोडेको इटली दोस्रो स्थानमा, ६ अंक जोडेको जर्मनी तेस्रो स्थानमा र २ अंक जोडेको इङ्ग्ल्याण्ड चौथो स्थानमा छ।

    पाँच खेल खेल्दा कुनै पनि जित निकाल्न नसकेको इङ्ग्ल्याण्ड रेलिगेशनमा जानेछ। जसको अर्थ अर्को युरोमा इङ्ग्ल्याण्ड अझ कठिन समूहमा पर्ने सम्भावना बढेर जान्छ। त्यस्तै इङ्ग्ल्याण्डको पराजयको कारण जर्मनी लिग ए मै रहने छ भने समूहबाट अगाडि जान हंगेरी र इटलीबीच सेप्टेम्बर २७ मा निर्णायक खेल हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images