images
images
  • दोस्रो टी-२०: पाकिस्तानको कीर्तिमानी जित, इङ्ग्ल्यान्ड १० विकेटले पराजित

    काठमाण्डौ- इङ्ग्ल्यान्डसँगको दोस्रो टी–२० क्रिक्रेटमा घरेलु टोली पाकिस्तानले कीर्तिमानी जित निकालेको छ । गएराति भएको खेलमा पाकिस्तान १० विकेटले विजयी भयो ।

    इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा विना विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका मोहम्मद रिजवान र बाबर अजामले अविजित २ सय ३ रनको साझेदारी गरे । कप्तान बाबर अजामले ६६ बलमा ५ छक्का र ११ चौकासहित १ सय १० रनको शतकीय पारी खेले ।

    टी–२० मा यो उनको दोस्रो शतक हो । त्यस्तै रिजवानले ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनको अर्धशतकीय पारी खेले । कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली इङ्ग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । उसका कप्तान मोइन अलिले अविजित ५५ रनको अर्धशतकीय पारी खेले ।

    पाकिस्तानका हरिस राउफ र शाहनवाज दहानीले समान २र२ तथा मोहम्मद नवाजले १ विकेट लिए । पाकिस्तानको टी–२० क्रिकेटमा १० विकेटको जित यो दोस्रो पटक हो । यसअघि टी–२० विश्व कपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

    टी–२० क्रिकेटमा कुनै पनि विकेट नगुमाइ पूरा भएको यो सर्वाधिक ठूलो लक्ष्य समेत हो । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा एकरएकको बराबरी भएको छ । पहिलो खेलमा इङ्ग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो। इङ्ग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो टी–२० खेल शुक्रवार हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images