काठमाडौं । चीनले उपलब्ध गराएको भेरोसेल भ्याक्सिन १० लाख डोज खोपमध्ये ८ लाख मात्रा मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।
चीनले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रदान गर्ने घोषणा गरेको १० लाख डोजमध्ये नेपाल एयरलाइन्सको विमानले मंगलबार बेइजिङबाट ८ लाख डोज भ्याक्सिन ल्याएको हो । भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ उडेको थियो ।
नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्याएको हो । खोप ल्याएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने भएको छ ।
यसैसाता राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादपछि चिनियाँ समकक्षी सी जिङपिङले नेपाललाई कोभिड(१९ महमारीविरुद्ध १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस्