images
images
  • फोनपेमार्फत कारोबार गर्दा ग्राहकलाई हरेक दिन एक लाख !

    काठमाडौं- फोनपे पेमेन्ट सर्विस लिमिटेडले नेपालीहरुको महान चाडपर्वलाई लक्षित् गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना सुरु गरेको छ। योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एक जना ग्राहकले दैनिक नगद एक लाख जित्न सकिनेछ।

    यो योजना ग्राहकहरुका लागि असोज ४ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ। यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन्।

    मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ। फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ। यस योजनामा अन्य केही शर्तहरु समेत लागू हुनेछन्।

    यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज् र सुलभ होस् भन्ने उद्देश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन्।

    यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कात्तिकसम्म पहिलोपटक क्युआरमार्फत भुक्तानी गर्दा तीश प्रतिशत अर्थात् तीन सयसम्म छुट पाइनेछ । यसैगरी सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् सय रुपैयाँसम्म छुट पाउनेछन्। यस्तै गरीमा विकास बैंक र एनसीसी बैंक,एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् रु १०० सम्म छुट पाइनेछ ।

    यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म,कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अथवा रु सय छुट प्राप्त गर्न सकिनेछ ।

    आईएमई पेका ग्राहकले असोज ७ देखि असोज १४ गतेसम्म, प्रभुपेका ग्राहकले असोज ९ देखि १४ असोजसम्म, खल्तीका ग्राहकले असोज ४ देखि २४ असोजसम्म पहिलोपटक क्युआर गर्दा १० प्रतिशत अर्थात् सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ । यस्तै माछापुच्छ्रे्र बैंकका ग्राहकले असोज ९ गतेदेखि २० गतेसम्म क्यूआर गर्दा २२ प्रतिशतसम्म क्यासब्याक पाइने छ ।

    फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ ।

    फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्समार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images