images
images
  • सेयर बजार ३८.८१ अंकले ओरालो, नेप्से २२ महिना यताकै न्यून बिन्दुमा

    काठमाडौं- सेयर बजार परिसूचक नेप्से करिब २२ महिना यताकै न्यून बिन्दुमा झरेको छ । सेयर बजार ३८ अंकले ओरालो लागेको छ  साताको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ।

    गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ। मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ।

    कारोबार रकममा भने केही कमि देखिएको छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

    कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको सेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, २ वटाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन्।

    बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ। यस्तै, कालिका पावरको सेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ।

    फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ। लगानी उपसमूहका सेयरको आपूर्ती पनि अत्याधिक छ।

    नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो ।

    त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो । नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो । ९ असारमा २०७९ मा १८४८.२८ अंकसम्म झरेर पुन उकालो लागेको नेप्से करिब ३ महिनापछि त्यसभन्दा तल झर्दै २२ महिना यताकै नयूनत बिन्दुमा पुगेको छ ।

    नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले गिरावट भएको छ ।

    नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिना यता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो । मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ । जसमध्ये हिमालयन डिष्टिलरीको ५ करोड ६५ लाखको कारोबार हुँदा रिडी हाइड्रोपावरको ५ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको करिब ४ करोड ७४ लाखको कारोबार भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images