काठमाडौं- नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सोमबार सन्यासको घोषणा गरेका छन् ।
घरेलु मैदानमा सम्पन्न साफ महिला च्याम्पिनयसिपको फाइनलपश्चात यी तीन खेलाडीले दशरथ रंगशालामा १५ हजार ७ सय ३० दर्शकका अघि सन्यास घोषणा गरेका हुन्। तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।
घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको छैटौँ संस्करणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले सन्यास घोषणा गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको बंगलादेशसँगको फाइनल खेलमा नेपाल ३–१ ले पराजित भयो।
पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको खेलबाट राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी थिइन्। त्यसयता टोलीकी नियमित सदस्य रहेकी पुनमले यसअघि बगंलादेशसँग नै घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलका दौरान मुटुमा समस्या देखिएपछि १२ औँ खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन्।
एएफसी एशियन कप छनोटको तयारीका लागि नेपालले बगंलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो। तत्कालिन प्रशिक्षक ग्यारी फिलिप्सले पुनमलाई १२ औँ खेलाडीको रुपमा मैदान पठाएका थिए। तर मुटुको शल्यक्रिया पश्चात उनले महिला लिग मार्फत पुनरागमन गरेकी थिइन्।
त्यसपछि नेपालले खेलेको एएफसी एशियन कप छनोट गुमाएकी पुनमले यसै साफ च्याम्पियनमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेकी थिइन्।
रौतहटको महिला टोलीबाट खेल जिवन सुरु गरेकी पुनमले त्यसपछि आर्मीमा छनोट भइन्। त्यसको २ वर्षपछि नै राष्ट्रिय टोलीको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेपनि घरेलु मैदानमा त्रिभुवन आर्मी फुटबल क्लबको जर्सीमा उनलाई देख्न पाइन्छ।
राष्ट्रिय टोलीकै अर्की सदस्य दिपा राईले सन्यास लिइन्। सन् २०१४ मा राष्ट्रिय टोलीमो डेब्यु गरेकी दिपाले सन्यास लिइन्। सन्यास पछि दिपा शान्ती सेनामा जानेछिन्।
अर्की मिडफिल्डिर इन्दिरा राइले सन् २०१८ मा राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। उनले राष्ट्रिय टिमबाट ५ खेल खेलेकी छिन्।


विश्व खबर 


















