images
images
  • बालबालिकाको स्मरण शक्ति कसरी बढाउने ?

    काठमाडौं । हरेक अभिभाबकले आफ्ना बालबालिका प्रतिभाशाली हुन् भन्ने चाहान्छन् । तर सबै बालबालिका अभिभाबकले सोचे जस्तै प्रतिभाशालि नहुन पनि सक्छन् ।

    कति अभिभाबकहरु आफ्नो बालबालिकाले पढाएको बुझ्दैन, स्मरणर शक्ती नै कम भएको जसरी केहि कुराहरु भन्यो कि भुल्ने नबुझ्ने जस्तो गर्छन भनेर गुनासो गर्ने गर्छन् ।

    बालबालिकाले पढेका, देखेका, सुनेका कुरा कति सम्झिन्छन् त कति बिर्सन्छन् । कति कुरा त उनीहरुले बुझदै बुझदैनन् । सबै बालबालिकाको स्मरण शक्ति एकनास हुँदैन । यो एक आम समस्या जस्तै हो त्यसकारण अभिभावकहरुले मेरो यसलाई समस्याका रुपमा लिनु हुदैन ।

    कोही बालबालिकाको स्मरण शक्ति तेज हुन्छ । जसका कारण उनिहरुले पढेको कुरा छिटो याद गर्न सक्छन । तर कोही बालबालिकाको स्मरण शक्ति कम हन् सक्छ । जसका कारण उनिहरुलाई त्यही कुरा याद गर्न बढि समय लाग्नसक्छ ।

    बालबालिकामा यी खाले समस्या छन् भने विभिन्न उपाय अपनाएर पनि उसको स्मरण शक्ति बढाउन सकिन्छ :

    प्रशोधित खानेकुरा पास्ता, क्रेकर, केक, बिस्कुट सेतो रोटि जस्ता खानेकुरा नखुवाउने

    बालबालिकाको पढाई कमजोर भएमा भिटामिन डि लेवल टेष्ट गराउने

    दिनको १ घण्टा शारीरिक क्रियाकलाप गराउने

    बालबालिकालाई खाना खुवाउँदा एन्टि इन्फ्लेमेटरी खानेकुराहरु ब्रो काउली बेरीज, एभोकाडा, टोमाटो, बेसारको छनोट गर्ने

    कोको पाउडर खानेकुरामा मिसाउने

    चिनि कम खुवाउने

    ओमेगा थ्रि फ्याटि एसिड भएका खानेकुरा माछा खुवाउने

    दैनिक ध्यान, योगा र प्रणायम गराउने

    तौल सन्तुलनमा राख्ने

    स्कुल जाने १३ बर्ष सम्मका बालबालिकालाई दैनिक ९ घण्टा सुत्न दिने

    टि भि मोबाइलमा भन्दा दिमाग प्रयोग हुने खालका खेल खेलाउने

    प्रतिक्रिया दिनुहोस्
    images
    images