काठमाडौं- आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार जुत्ताबीच साझेदारी सम्झौता भएको छ।सम्झौता अनुसार आइएमई पे डिजिटल दसैं-तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ।
गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्ने छ।साथै, प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।
आइएमई पेको दसैं क्याम्पेनमा हरेक दिन १ विजेताले रिडिमेबल भौचर कोड पाउने छन्। सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् ।
यद्यपि, विजेताहरुले डेलिभरी चार्ज भने स्वयम् नै तिर्नुपर्ने सर्त राखिएको छ।


विश्व खबर 



















