images
images
  • वीर अस्पतालको नयाँ भवनबाट कोरोना संक्रमितको उपचार

    काठमाडौं । कोरोनाको दोस्रो लहर मध्य हुँदा वीर अस्पतालले बल्ल नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरेको छ । ५०१ बेड क्षमता रहेको भवनमा अहिले ५० बेडबाट उपचार सुरु गरिएको छ ।

    अस्पतालमा बुधबारदेखि १०० जनाको उपचार गरिने र यही हप्ता पूर्ण रुपमा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताएका छन् ।

    भवनमा संक्रमितको उपचारका लागि ३०० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । नयाँ भवन सञ्चालनमा आएसँगै ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनलाई भने ननकोभिड अस्पतालको रुपमा छुट्ट्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images