images
images
  • भाटभटेनीको दशैं तिहार अफर: चिनी ६९ रुपैयाँ किलो, अन्य सामानमा ३०% सम्मको छुट

    काठमाडौं-भाटभटेनी सुपर स्टोरले दशैं-तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै छुट योजना ल्याएको छ ।

    बुधबारदेखि भाटभटेनीले देशभरिकै स्टोरमा लागु हुने गरी छुट योजना सार्वजनिक गरेको हो । २३ वटा आउटलेट भएको भाटभटेनीले विभिन्न सामग्रीको खरिदमा १० देखि ३० प्रतिशतसम्म छुटको योजना ल्याएको हो ।

    भाटभटेनीले चाँडपर्वको अवसरमा सार्वजनिक गरेको छुट योजनामा चिनीको मूल्य ६९ रुपैयाँ रहेको छ । भाटभटेनीले भारतीय सीमा क्षेत्र नजिकका ७ स्टोरमा ६९ रुपैयाँ किलोमा चिनी बेच्ने जनाएको छ ।

    इटहरी, विराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढी, बुटवल र हेटौंडाका स्टोरमा चिनी प्रतिकिलो ६९ रुपैयाँ कायम गरिएको भाटभटिनीले जनाएको छ ।

    काठमाडौं उपत्यकामा भने चिनीको मूल्य ८४ रुपैयाँ कायम गरिएको छ । यसअघि ९४ रुपैयाँ प्रतिकिलो चिनीको मूल्य रहेको भाटभटेनीले जनाएको छ ।

    भाटभटेनीले इलेक्ट्रोनिक, ग्रोसरी सामानहरुमा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images