images
images
  • नमस्ते पेले ल्यायो चाडपर्व अफर: ७ जनालाई शतप्रतिशत पैसा फिर्ता

    काठमाडौँ-नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्वलाइ समेट्नेगरी दशैँ, तिहार र छठ पर्वको अवसरमा फेस्टिभ क्याम्पेन सुरु गरेको छ। यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

    यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत पैसा फिर्ता (क्यासब्याक)प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै transactions गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत पैसा फिर्ता क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (wallet to wallet transfer र load fund बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

    त्यसैगरी, नमस्ते पे मार्फत Utility बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले    रु १००० Cashback पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।

    यसअनुसार बम्पर अफरमा ७ भाग्यशाली विजेताले शतप्रतिशत पैसा फिर्ता (क्यासब्याक) पाउनेछन्। प्रयोगकर्ताले धेरै कारोबार गर्दा धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुने कम्पनीले जनाएको छ।अभियान अवधिको बीचमा कुनैपनि सेवाको कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा योग्य हुने कम्पनीको भनाइ छ।नमस्ते पेबाट युटिलिटी बिल भुक्तानीमा प्रत्येक हप्ता १ विजेताको वर्षभरिको बिल नमस्ते पेले नै तिरिदिने अफर समेत छ।

    PR picure

    हवाइ टिकट खरिदमा हरेक हप्ता १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ पैसा फिर्ता पाउने र अभियानको अन्त्यमा २ जना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाइ टिकट निःशुल्क पाउनेछन्।दशैँ दक्षिणाको रुपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जनाले शतप्रतिशत पैसा फिर्ता पाउनेछन्।

    दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक पाउनेछन्। त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०% Cashback वा अधिकतम १० रुपैयासम्म   पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ। साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, Merchant भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न Flash Offer प्रदान गर्नेछ।

    नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले भने-‘ सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको छ।’

    नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

    अभियान अवधिमा सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउने कम्पनीले जनाएको छ। प्रयोगकर्तालाई प्रोमोकोड उपलब्ध गराइनेछ, जुन तीनपटक रिडिम गर्न सकिने कम्पनीको भनाइ छ।यसबाहेक नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिल भुक्तानी, मर्चेन्ट भुक्तानी, हवाइ टिकटलगायत विभिन्न सेवामा विभिन्न फ्लास अफर प्रदान गर्ने पनि कम्पनीले जनाएको छ।कम्पनीले ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताका लागि विभिन्न सेवा र अफर ल्याएको हो।

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images