images
images
  • यस्तो छ रेनोको दसैँ–तिहार लक्षित “रेनो उत्सव” को योजना !

    काठमाडौं– रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटो मोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ ।

    यो योजनाअनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर अनि २ वर्षको लागि निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्नेछन् । यसको साथै रेनो उत्सवअन्तर्गत उपभोक्ताहरुले स्योर शट इजिफाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउँन सक्नेछन् ।

    नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्ला समय बनाउँने उद्धेश्यका साथ अफरहरु ल्याएको कम्पनीले जनाएको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।

    नेपाली ग्राहकहरुको सर्वप्रिय रोजाइ रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपालीबजारमा उपलब्ध छन् ।

    यस योजनामा कम्पनीको नियम तथा शर्तहरु लागु हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images