काठमाडौं– सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुवातदेखिनै उताब चडाब आउँन थालेको नेप्से सूूचक ११.४७ अंकमा रोकिएको छ ।
बजार मापन गर्ने नेप्से सूचक ११.४६ अंकले घटेर परिसूचक १९२६.२८ विन्दुमा रोकिएको छ । २२१ कम्पनीको २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचक ३.३४, व्यापार ११.१८, विकास बैंक ५३.४९, हाइड्रोपावर ३४.२६, फाइनान्स २२.५४, र्निजीवन बिमा ३८.४५, माइक्रोफाइनान्स ३६.६२ र जीवन बिमा ३९.६९ अंकले घटेको छ ।
सयेर बजारमा दोहोरो अंकको गिरावट आउँदा मैलुुङ खोला जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तिय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी, नबिल व्यालेन्स फण्ड–२, यूनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् भने सानीमा लार्ज क्याप फण्ड, छ्याङदी हाईड्रोपावर, नारायणी विकास बैंक, घलेम्दी हाइड्रो र आशा लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले घुमाएका छन् ।
कारोबार रकमको आधारमा हिमालयन इभरेष्ट इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ ।



विश्व खबर 



















