images
images
  • एएफसी यू-२० च्याम्पियनसिप: नेपाल भूटानसँग पराजित, अब कतारकाे सामना गर्ने

    काठमाडौं- एएफसी यू–२० च्याम्पियनसिप २०२३ छनोट अन्तर्गतको खेलमा नेपाल भूटानसँग २–० गोलले पराजित भएको छ । समूहको पहिलो खेलमै नेपाल भूटानसँग पाराजित हुन पुगेको हो ।

    शनिबार राति बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा पनि एक गोल गर्न सफल भएको थियो ।

    भूटानका लागि खेलको ३३ औं मिनेटमा सोनाम चोजाङले गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको सुरुवातमै भूटानले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । कर्मा टासी जाम्सोले भूटानका लागि अर्को गोल गरेका थिए । खेलको अन्त्यतिर नेपालका खेलाडीले रातो कार्ड खाँदै १० जनामा सिमित भएको थियो ।

    खेल अवधिभर नेपालले भूटानबिरुद्ध कुनै गोल गर्न सकेन। एएफसी यू–२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् ।

    एएफसी यू–२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । उक्त खेल खेल नेपाली समयअनुसार रातको ११ः४५ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images