images
images
  • आइएमई जनरल इन्स्योरेन्स र साइमेक्स इंकबीच सेवा सम्झौता

    काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक बि वाइ डी  बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

    उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक बि वाइ डी का सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका छन् ।

    आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बि वाइ डी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंक बि वाइ डी को सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ ।

    साइमेक्स इंक बि वाइ डी) बाट बिक्री वितरण हुने बि वाइ डी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सो को सहज र सरल तरिकाबाट नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भए को छ ।

    कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंक बि वाइ डीको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंक बि वाइ डीलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।

    १. आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नर ९८५१३३२११३ मा फोन,एस एम एस, भाइबर ,वाट्सएप मार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ ।

    २. सवारी साधन बि वाइ डीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बि वाइ डी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी बि वाइ डीबाट भई रहनेछ ।यसरी सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्ने गरी दुवै कम्पनीबिच सेवा सम्झौता भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images