images
images
  • प्रतितोला ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार

    काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कायम भएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images