images
images
  • च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात

    काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् ।

    सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

    जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले हरायो ।

    यस्तै, समूहको एफमा साविक विजेता रियल मड्रिडले सेल्टिकलाई ३-० अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो ।

    रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे । रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले ३ अंक जोडेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images