images
images
  • एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

    काठमाडौं– एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

    आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

    यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।

    श्रीलंकाले आजको खेलमा जित निकाल्न सकेमा आफूलाई शीर्ष दुईमा बलियो दावेदारी प्रस्तुत गर्नेछ । यता भारतलाई फाइनल सम्भावनालाई जोगाइ राख्न आजको खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न नसके भारत प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्ने छ । सुपर चारमा सबै टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष स्थानको दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस्
    images
    images