images
images
  • सिक्लेस हाइड्रोपावरको आईपीओ भदौ २९ गतेदेखि आउने

    काठमाडौं– सिक्लेस हाइड्रोपावर कम्पनीले भदौ २९
    गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।

    जसमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्तामा लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा १२ असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

    यसमा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images