काठमाडौं- प्रदेश सरकारले बुधबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना निकालेर बुधबार गतवर्ष चैत ९ गते बसेको मन्त्रिपरिषद्को निर्णअनुसार बुधबार प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
बुधबार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्व पर्ने मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले बताए। मकवानपुर, धादिङ र चितवन जिल्लामा चेपाङ समुदायको बसोबास छ।
यी बाहेकका अन्य जिल्लामा नियमित रूपमा कार्यालय र शैक्षिक संस्था सञ्चालन हुने मन्त्रायलले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















