images
images
  • केन्याले नेपाललाई दियो २५६ रनको चुनौती

    काठमाडौं- तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ ।

    नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

    यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

    नेपाल आजको खेलमा पनि जित निकाल्दै सिरिज क्लिनस्विप गर्ने योजनामा छ । केन्या भने सान्त्वना जितको खोजीमा छ । पहिलो र दोस्रो खेल जितेर नेपालले सिरिज जितिसेकको छ । यसअघि, नेपालले टी–ट्वान्टी सिरिज पनि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images