images
images
  • वाणिज्य बैंकमा एक हप्तामै थपियो ११ अर्ब

    काठमाडौं- वाणिज्य बैंकहरुमा एक हप्ता अवधिमा ११ अर्ब रुपैयाँ थपिएको छ। सहकारीबाट पैसा निकाल्नेहरुको लाइन रहेको अवस्थामा वणिज्य बैंकहरुमा निक्षेप थपिनुलाई सहकारीको पैसा गएको अनुमान छ।

    नेपाल बैंकर्स संघका अनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

    भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो।अहिले १७ गतेसम्म आइपुग्दा ११ अर्ब रुपैयाँ थपिएको हो। कर्जा प्रवाह पनि बढेको छ।

    १० गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको संघले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images