images
images
  • साउनमा नेपालबाट ५ करोडको खानेपानी निर्यात

    काठमाडौं– नेपालबाट चालू आर्थिक वर्ष २०७९र८० को साउन महिनामा ५ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको खानेपानी निर्यात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको पहिलो महिनाको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ९ लाख ९८ हजार लिटर पानी भारततर्फ निर्यात भएको हो ।

    यस्तै, सोही अवधिमा नेपालबाट १५ लाख ५३ हजार रुपैयाँ बराबरको इनर्जी ड्रिंक समेत भारततर्फ निर्यात भएको छ ।

    गत आर्थिक वर्षमा नेपालबाट भारत, कतार र चीन तथा दक्षिण कोरियातर्फ खानेपानी निर्यात भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images