images
images
  • एसिया कप: पाकिस्तानले भारतलाई पाँच विकेटले हरायो

    काठमाडौं- एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई पाँच विकेटले पराजित गरेको छ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई पराजित गर्दै समूह चरणको हारको बदला लिएको छ।

    भारतले दिएको १ सय ८२ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ५१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

    यस्तै मोहमद नवाजले ४२ रन जोड्दा फकर जमानले १५ रन बनाए । कप्तान बाबर आजम १४ रन बनाएर आउट भए। आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए।

    भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डय, अश्रदिप सिह, रवि विश्नोइ र युजभेन्द्र चाहलले १र१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो।

    भारतका लागि विराट कोहलीले ४४ बलमा ४ चौका र १ छक्कासहित ६० रनको महत्त्वपूर्ण इनिङ खेले । यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८र२८ रन बनाए ।दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डय सुन्य रनमा आउट भए । रवि विश्नोइ ८ रनमा अविजित रहदा भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे ।

    पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १-१ विकेट लिए । यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई पाँचै विकेटले पराजित गरेको थियो । जितसँगै पाकिस्तानले सुपर चारमा २ अंक जोडेको छ ।
    सुपर फोरबाट शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images