काठमाडौं– राजस्व अनुसन्धान विभागले भदौ ७ गते राजस्व चुहावट गरेको भन्दै ३ जनाविरुद्ध ललितपुरको उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ ।
विभागले श्री जय दुर्गा ट्रेडर्सको सञ्चालन धिरज कुमार जयसवालसहित उक्त ट्रेडर्सकै प्रोपाइटर सुमन कुमार श्रेष्ठ र कारोवार सहयोगी राहुल कुमार जयसवाल विरुद्ध मुद्धा दायर गरेको हो ।
ट्रेडर्सका संञ्चालकले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियम बमोजिम तिर्नुपर्ने कर नतिरेको विभागले जनाएको छ ।
उनीहरुले ५ करोड ४६ लाख ५१ हजार ३ सय ३८ रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएको छ ।
विभागले उनीहरुसँग राजस्व चुहावट गरेको रकम असुली गरी उक्त रकमको सत प्रतिशत जरिवना र कैद सजाय मागदावी गर्दै अभियोग पत्र दायर गरिएको जनाएको छ ।


विश्व खबर 



















