images
images
  • श्रृजनशील लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं– श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको थियो ।

    प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री खुुल्ला गरेको थियो । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

    जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो । यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

    कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images