images
images
  • तीजको भोलिपल्ट घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

    काठमाडौं– हरितालिका तीजको भोलिपल्ट सुन र चाँदीको मूल्य घटेको छ ।

    छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images