images
images
  • किरण चेम्जोङले प्रेमिकासँग लगनगाँठो कस्दै आज

    काठमाडौं- नेपाली फुटबल टोलीका पूर्वकप्तान किरण चेम्जोङले आज बिहे गर्दै छन्। प्रेमिका कञ्चन निरौलासँग आज उनले विवाह गर्ने भएका हुन्।

    वैवाहिक कार्यक्रमका लागि उनीहरूले सीमित आफन्तलाई मात्र बोलाएका छन्। कञ्चन यती एअरलाइन्समा एअर होस्टेज छिन्।

    गत साउन १७ गते माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले खेल मैदानमै साथीहरूका अगाडि प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images