images
images
  • मध्यपश्चिम विश्वविद्यालयको भुईँ तलामा महिला मृत फेला

    काठमाडौँ- सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८-स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन सङ्काय (मुसुम)को भुईँ तलामा मृत अवस्थामा भेटिएकी हुन् ।

    मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ :३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ ।

    घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images