काठमाडौं- आगामी मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ मा ईन्जिनियर सुर्दशन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दिने भए संगै उनी व्यापक तयारीमा जुटेका छन् ।
३० वर्षिय ईन्जिनियर पुडासैनी युवा जोस, जागर र विकासको योजना सहित चुनावी मैदानमा जाने तयारीमा छन् । नविनतम् प्रविधिको प्रयोगसहितको विकास आजको आवश्यकता रहेको भन्दै त्यस्तो विकासको खाँका एउटा प्राविधिक ईन्जिनियरले कोर्न सक्ने र भूगोल अनुसारको विकासका योजना तयार पारी समग्र नुवाकोटको विकासका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।
उम्मेदवारी दिने घोषणा गरेका ईन्जिनियर सुर्दशन पुडासैनीलाई हामिले तपाईको उम्मेदवारी किन ? भनेर सोधेका थियौँ जसमा उनको उत्तर यस्तो छ :
नुवाकोट जिल्ला प्रकृतिको बरदान हो । नुवाकोट क्षेत्र नं २ अन्र्तगत मेगाङ्ग, किस्पाङ्ग, तार्केश्वर गाउँपालिका, बेल्कोटगढी र विदुर नगरपालिका पर्दछ । नुवाकोटलाई हिजोका दिनदेखि आजका दिनसम्म व्यक्तिगतरुपमा कमाइखाने भाडो बनाए ,जन्मभुमिको मुखारा बिन्दुमा कहिल्यै खुसियाली ल्याउने काम हाम्रा नेताज्युहरुले गर्नुभएको छैन । अझ हाम्रा दाजुभाइलाई भर्र्याङ् बनाउनेतर्फ उन्मुख भए परिणाम स्वरुप आज हाम्री धर्तिमाता रोइरहेकी छ्न। अब सबैखाले समस्याको समाधान गरि यस क्षेत्रलाई सुन्दर र उज्यालो बनाउन हामि तत्पर छौ।
आमनागरिकलाई बिधिको शासनको प्रत्याभूति,आधारभूत आवश्यकताको पुर्णरुपमा परिपूर्ति साथै अतिरिक्त आवश्यकताहरु प्रतिको प्राप्ति गराउदै आधुनिक जीवनतिरको खोजीकार्य, मानवतासहितको दक्ष प्राविधिक उत्पादनमा मेरो गहिरो ध्यानाकर्षण हुनेछ । यहाँका ख्यातिप्राप्त ऐतिहासिक सम्पदा अर्थात धरोहरहरु जस्तै साततले दरबार, जालपा देवी, भैरवी मन्दिर, बेल्कोटगढी, चिम्टेश्वर महादेव, भुमेठाकुर, फिकुरी, भुमेश्वर महादेवको प्रयाप्त रुपमा संरक्षण सम्वद्र्धन गरि विश्व दुनियाँको भूगोलसम्म चिनाउनु हाम्रो कर्तव्य र जिम्मेवारी हो। त्यसका अतिरिक्त पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान सहित त्यसको सम्वद्र्धन र प्रवद्र्धन गरिने छ ।
स्थानिय सरकारलाई थप अधिकारसहित जनताको सरकार बनाउन स्थानिय तह संग निरन्तर सहकार्य गर्दै अगाडी बढ्नेछु । यस निर्वाचन क्षेत्रमा रहेका प्रत्येक पालिकामा प्रयाप्त मात्रामा पर्यटकीय क्षेत्रहरु छन् । त्यहाँ पुग्ने पर्यटक कम्तिमा एक रात भए पनि त्यहाँ बस्नको लागि सुविधा सम्पन्न होटन निर्माण गर्ने, सहज रुपमा यात्रा गर्न सक्ने सडक निर्माण गरेर आर्थिक विकास गर्न सकिन्छ ।
हरेक वडा स्तरमा रहेका स्वास्थ्य चौकी सम्म आम नागरिक सहज तरिकाबाट पुगेर सेवा लिग्ने वातावरण बनाउनुछ । त्यसको लागि सदाबहार सञ्चालन गर्न सकिने मोटरबाटो निर्माण गर्ने, सहज रुपमा खानेपानी उपलब्ध गराउने लगाएतका कुरा मेरो प्राथमिकतामा रहने छ । आफ्नै गाउँठाउँमा युवाहरु स्वरोजगार र स्वाबलम्बन बन्नका लागि माग र आवश्यकता अनुसारका सिप मुलक, रोजगार मुलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
कृषि क्षेत्रको विकाशका लागि सम्बन्धित निकाय संग आवश्यक सहकार्य गर्दै कृषि उत्पादन क्षेत्रमा सिंचाई, आधुनिक यन्त्र उपकरणको व्यवस्था, सहज रुपमा रासायनीनिक मल तथा बिउ बिजनको उपलब्ध गराउने कार्यमा निरन्तर काम गर्नेछु । सदरमुकाम क्षेत्रको फोहोर मैला व्यवस्थापनलाई व्यवस्थीत गर्नुपर्ने आजको आवश्यकता रहेको छ । विदुर नगरपालिकाले व्यवस्थापन गर्दै आएको स्थानलाई थप व्यवस्थीत बनाउनु पर्ने छ । ताँकी भोलिका दिनमा त्यस क्षेत्रमा सिसडोलको जस्तो समस्या नआओस् ।
देशको राजधानिसंगै जोडिएको जिल्ला भएर पनि यहाँका आम नागरिकका समस्या, गुनासाहरु अझैँ पनि संसद भवनमा पुग्न सकेका छैनन् । त्यसको अन्त्यका लागि दुरदराजमा रहेका मानिसका समस्या, गुनासाहरुलाई सम्बोधन गर्न प्रत्येक पालिकामा संसद सहायता कार्यालय स्थापना गर्नेछु । जसको माध्यमबाट जनतामा कुरा सिधा संसदमा पुर्यायन सकिने छ । यी लगाएत थुप्रै योजनाहरु रहेका छन् जसलाई घोषणा पत्र मार्फत सार्वजनिक गर्नेछु । र मेरो क्षेत्रका नागरिक सम्म छिट्टै नै पुग्ने छु । धन्यवाद ।


विश्व खबर 




















