काठमाडौं- नुवाकोटमा एउटा यात्रुबस दुर्घटना हुँदा कम्तीमा पनि तीन जनाको मृत्यु भएको छ।
बिहीबार अपराह्न ४ बजे बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो दुर्घटनामा २५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बस चालक भागेका छन्। ज्यान गुमाउने दुई पुरुषमा विदुर नगरपालिका ३ निवासी ६३ वर्षीय बाबुराम दर्जी, त्यहीँका ७८ वर्षीय रामप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान भइसकेको छैन।
बस सडकबाट २० फिट तल खसेर दुर्घटनामा परेको हो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















