
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् ।
अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोले जनाएको छ ।
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् ।
प्रसाईँ क्यान्सरका बिरामी हुन् ।
प्रतिक्रिया दिनुहोस्