काठमाडौँ– कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीमा हाम फालेका एक व्यक्तिको शव फेला परेको छ।
आइतबार साँझ पोखरा– १७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतोले नदीमा हाम फालेका थिए। उनको सोमबार बिहान शव फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले उनलाई खोजी गरेको थियोश्र महतो शव रोप रेस्क्युद्धारा अन्दाजी २ सय ५० फिट तल सेतीको खोचमा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्























