images
images
  • मुस्ताङमा लगातार दुईवटा भूकम्प, क्षतिग्रस्त घरको सामान सुरक्षित स्थानमा सारियो

    मुस्ताङ– सशस्त्र प्रहरीले उपल्लो मुस्ताङ्ग केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरुबाट सामानसुरक्षित स्थानमा सारेको छ ।

    मंगलबार राति लगातार दुई पटक ४ रेक्टरभन्दा माथिको भूकम्प गएपछि मुस्ताङ्गको लोेमान्थाङ गाउँपालिका–३ पुवास्थितका केही घरहरुमा क्षति पुगेको थियो ।

    सो बारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ्गबाट खटिएको टोलीले क्षतिग्रस्त घरका सामान सुरक्षित स्थानमा सारेको हो ।

    भूकम्पपछि सो स्थानका स्थानिय बासिन्दा तथा पर्यटकहरु घरबाट बाहिर निस्की सुरक्षित स्थानमा बसेका थिए । हालसम्म सो स्थानमा मानवीय क्षति भने भएको छैन ।

    1 1 1

    1 4 1

    1 3 1

    1 2 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images