images
images
  • ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

    बागलुङ । बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पिकअप भ्यानसहित पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१३ बस्ने ४३ वर्षीय भूपति जैसी छन् ।

    उनले बागलुङ नगरपालिका–१ रामरेखास्थित सडकमा भ्यानमा गृहलक्ष्मी लेखिएको एलपीजी खाना पकाउने ग्यास सिलिन्डर बढी मूल्य लिई लुकाइछिपाई सर्वसाधारणलाई बेचबिखन गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images