images
images
  • लागुऔषधसहित तीन महिला पक्राउ परे

    काठमाडौं- कास्की प्रहरीले पोखराको प्रस्याङबाट ठुलो परिमाणमा लागुऔषधसहित तीन जना महिलालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा म्याग्दी स्थायी घर भई हाल पोखरा–१८ बस्ने ३१ वर्षीया नरकुमारी घर्ती, १८ वर्षीया अस्मिता घर्ती मगर र ४१ वर्षीया कुन्तमाया पाइजालाई पक्राउ गरेको हो ।

    प्रहरीले उनीहरूको साथबाट डाईजेपाम २२४ एम्पुल, फेनारगन २२४ एम्पुल र ब्रुफिन २२४ एम्पुल गरी कुल ६७२ एम्पुल लागूऔषध बरामद गरेको छ ।

    बरामद लागुऔषधका साथै नगद ८ हजार ५ सय रुपैयाँ र तीन थान मोबाइल फोन समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images