images
images
  • हाइड्रोपवार प्रवर्द्धकहरु सवार गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको गाडी नुवाकोटमा दुर्घटना भएको छ ।

    टोखा छहरे सडकखण्ड भएर लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना भएको हो ।

    दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर छ ।

    बा१४च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

    गाडीमा आयोजनाका जनस्पर्क निर्देशक रामचन्द्र अधिकारी र उनको परिवारका सदस्यहरु तथा आयोजनाका उच्चपदस्थ पदाधिकारीहरु सहित ४ पुरुष र २ महिला गरी ६ जना सवार रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images