images
images
  • तीजको मुखमा घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य तीव्र रूपमा ओरालो लागेको छ । हिन्दु महिलाहरूको पर्व तीजको दुई दिनअघिदेखि सुनको मूल्यमा कमी आइरहेको छ ।

    आइतबार र सोमबार दुई दिनमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

    आइतबार प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images