काठमाडौं- स्पेनिस ला लिगामा घरेलु टोली बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ। गएरातिको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४–० गोल अन्तरले हराएको हो।
क्याम्प नोउमा भएको प्रतिस्पर्धामा बार्सिलोनाको जितका लागि रोबर्ट लेवान्डोस्कीले दुई, पेड्री र सेर्गी रोबर्टोले एक-एक गोल गरेका हुन्।
खेलको २४औं मिनेटमा लेवान्डोस्कीले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४३औं मिनेटमा पेड्रीले गोल गरे। ६४औं मिनेटमा लेवान्डोस्कीले गोल गरे।
थप गरिएको समयमा रोबर्टोले गोल गरेपछि बार्सिलोनाले ४–० को सहज जित प्राप्त गरेको हो।। घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले २ गोल गरे भने पेड्री र रोबर्टोले समान एक गोल गरेका थिए ।
जितसँगै तीन खेलमा ७ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। पराजित भालाडोलिड भने समान खेलबाट १ अंकका साथ १९औं स्थानमा छ।


विश्व खबर 


















