काठमाडौं- इरर्फान करिम र राकेउ पटेलको अर्धशतकको सहयोगमा केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई तेस्रो टी–ट्वान्टीमा १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५६ रन बनायो ।
केन्याका लागि करिमले ५५ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै पटेलले ७३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
केन्याका लागि सुकदीप सिंहले ८ रन बनाउँदा कोलिन्स ओब्यूएले १४ रन जोडे । नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिए ।
पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।
नेपाल र केन्याबीच चौंथो टी ट्वान्टी भदौ १३ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















