images
images
  • बिग बासमा बिकेनन् सन्दीप लामिछाने

    काठमाडौैं- नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् ।

    अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् ।

    यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् ।

    सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए ।

    सन्दीपको कप्तानीमा रहेको नेपाली टिम हाल पाँच टी-२० र तीन एकदिवसीय खेलको लागि केन्या भ्रमणका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images