काठमाडौं– सेयर बजारमा भारी गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक ३३.३६ अंकले घटेर परिसूचक १९८९.२६ बिन्दुमा झरेको छ । बजारमा दोहोरो अंकको गिरावट आउदा ठूलो कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०५ अंकले घटेर ३८५.७० बिन्दुमा गएर रोकिएको छ ।
सेयर बजारमा आज २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सय ३ रुपैयाँको ६१ लाख ४८ हजार ३ सय ४१ कित्त सेयर कारोबार भएको छ ।
बजार मापन गर्ने सबै समूहको उपसूचक घटेको छ । बैंकिङ समूहको १०.५२, व्यापार ५०.४३, विकास बैंक ९४.११, जलविद्युत ८१.६२, वित्त कम्पनी ६४.८८, निर्जीबन बीमा १६५.९४, लघुवित्त १०३.६४, जीवन बीमा समूहको उपसूचक ११४.८८ अंकले घटेको छ ।
राधी विद्युत कम्पनी, एनएमबि हाईब्रिड फण्ड, एनआईबिएल प्रगति फण्ड, सिद्धाथ इन्भेस्मेन्ट ग्रोथ स्किम–२, १०% नबिल डेबेन्चरका लगानीकर्ताले कमाएका छन् भने रु रु जलविद्युत परियोजना, अपर हेवाखोला हाईड्रोपावर, मदाङकीनि हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ ।



विश्व खबर 



















