images
images
  • एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबीच सहकार्य, साढे २ करोड डलर आवधिक कर्जा लिने

    काठमाडौँ– एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ । एनएमबि बैंक ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट दोश्रो आवधिक कर्जा प्राप्तगर्ने नेपालको एकमात्र बैंक हो ।

    आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको समयमा उत्त mकर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जल श्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको बिकासमा समेत टेवा पुग्ने बैंकको विश्वास रहेको छ ।
    एनएमबि बैंकद्वारा आयोजित सम्झौता हस्ताक्षर समारोहमाबोल्दै

    बैंकका कार्यकारी अधिकृत सुनिल के.सीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वितहुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

    एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उत्त mपत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘बैंक अफ दि इयर नेपाल’प्राप्तगरी सकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images